काठमाडौं । सरकारले प्रतिबन्धित नेकपा विप्लव समहूलाई चन्दा दिनेहरुलाई पनि कारबाही गर्ने भएको छ । सरकारले उक्त समुहलाई भौतिक या आर्थिक सहयोग गर्ने जोकसैलाई कारवाही गर्ने जानकारी दिएको हो । यदी जबरजस्ती आर्थिक सहयोग गर्न जोर गरेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रतिबन्ध लगाएको केही दिनमै विप्लव समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली सुदर्शन काभ्रेबाट पक्राउ परेका छन् । उनीसहित ८ जना पक्राउ परिसकेका छन ।
विप्लब समुहबाट सन्चालित आपराधिक तथा विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग पुर्याउने ब्यक्ति संस्था र त्यस्तो कार्य गर्ने अन्य समहुहरुलाई समेत प्रचलित कानुन बमोजिम कारबाही हुने गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा कसैको धम्की र प्रलोभनमा नपर्न पनि आह्वान गरिएको छ ।