काठमाडौं । नेपाल प्रहरीले प्राविधिकतर्फ १ हजार ५ सय ४७ जना कर्मचारी माग गरेको छ । प्रहरीले प्राविधिकतर्फ उच्च तहको कर्मचारी माग गरेको हो ।
प्रहरीले मेडिकल, भेटेनरी, संचार, अटोमोवाईल तथा विज्ञान प्रविधीतर्फ कर्मचारी माग गरेको हो । जसमा सबैभन्दा बढी संचार निर्देशनालय अन्तरगत ९ सय ४९ जना इन्जिनियर माग गरेको छ ।
यस्तै सबैभन्दा उच्च पद प्राविधिक तर्फ प्रहरी नायव उपरीक्षकमा २ जना डक्टर माग गरेको छ । यसैगरी मेडिकलतर्फ असईदेखि इन्स्पेक्टरसम्म ५० जना प्राविधिक कर्मचारी माग गरेको छ ।
संचार निर्देशनालय अन्तरगत संचार समुहका असई र इन्स्पेक्टर गरी २२ जना माग गरेको छ भने सुचना प्रविधितर्फ २४ जनाको लागि आवेदन खुलाएको हो ।
प्रहरीले आज विज्ञापन प्रकाशित गर्दै भेटेनरीमा ३ जना, हातहतियारमा ३ जना इन्जिनियर र विज्ञान प्रविधी अन्तरगत नै प्रयोगशालाका लागि १० जना कर्मचारी माग गरेको छ ।
प्रहरीले संगित विद्यालयको लागि १ सय ७५ जना, सवारी शाखामा १ सय ११ तथा डग हेण्डलका लागि ७९ जना कर्मचारी माग गरेको छ ।

