Logo

उच्च स्तरीय छानविन समितिप्रति लेखाको असन्तुष्टी, भन्छ पानीमाथीको ओभानो बन्न पाईदैन

उच्च स्तरीय छानविन समितिप्रति लेखाको असन्तुष्टी, भन्छ पानीमाथीको ओभानो बन्न पाईदैन



काठमाडौं । सार्वजनिक लेखा समितिका सदस्यहरुले वाईडबडी विमानमा भएको घोटालाका लागि सरकारले बनाएको उच्च स्तरीय छानविन समिति नाम मात्रको भएको बताएका छन । समितिका सदस्य चन्दा चौधरीले उक्त समिति नाम मात्रैको भएको र त्यसको काम नभएको बताएकी हुन ।

वाइडबडी विमान खरिद प्रकरणमा उपसमितिले ल्याएको प्रतिवेदन र लेखा समितिमा देखिएको बिवादको विषयमा विशेष साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन । ‘जब महालेखाले अनियमितता भएको प्रतिवेदन सार्वजनिक गर्यो त्यहीबेला उच्च स्तरीय छानविन समिति गठन गरिनु पथ्र्यो,’ उनले भनिन, ‘अहिले लेखा समितिले छानविनको काम गरेकाले लेखालाई नै काम गर्न दिनु पर्छ ।’

त्यस्तै समितिका अर्का सदस्य बिशाल भट्टराईले भने दोषी कसैलाई पनि नछाड्ने दाबी गरेका छन । ‘को ब्यक्ति कुनपार्टीको हो भन्ने हेरिँदैन तर सुगतरत्न कंसाकार र प्रेम राईलार्ई एकै तहमा राखेर कारवाही गरिनु हुँदैन’, उनले भने ‘ठूला मान्छे जेल नगएका होईनन गएका उदारहण पनि छन, तर त्यस्ता केही ब्यक्ति छन जस्ले अदालतबाट समेत ल्किन चिट ल्याएर पानीमाथीको ओभानो बनेका छन ।’
राई र कंसाकारलाई एउटै तहबाट हेर्न नहुने भन्दै रविन्द्र अधिकारीलाई समेत बदनियत तवरले भनेर सिफारिस गर्नु गलत भएको भट्टराईको दाबी रहेको छ ।

शुक्रबार भएको छलफलमा समेत आफूले सो कुरा उठाएको भन्दै उनले भने ‘जस्ले यो नाम ल्याएको छ उसैले फिर्ता गर्नु पर्छ ।’ तर दोषि कोही पनि उम्कन पाउँदैन गल्ती गरेको छ भने दुई तिहाईको सरकार छ भन्दैमा रविन्द्रलाई पनि नछाड्ने उनको तर्क थियो ।

लेखा समितिका अर्का सदस्य तेजुलाल चौधरीले भने सोमबार हुने छलफलमा सर्वसमितिले उक्त प्रतिवेदन पास हुने बताएका छन । केही भाषगत त्रुटिहरु संशोधन भएर आउँछ त्यसैले पनि उक्त प्रतिवेदन पास हुनेमा म ढुक्क छु उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL