Logo

प्लाष्टिक प्रतिवन्ध रोक्ने निर्णय पुनरविचार गर्न महासंघको माग, अर्थतन्त्रमै असर पर्ने दाबी

प्लाष्टिक प्रतिवन्ध रोक्ने निर्णय पुनरविचार गर्न महासंघको माग, अर्थतन्त्रमै असर पर्ने दाबी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२१ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्लाष्टिक झोला प्रतिबन्ध लगाउने निर्णय पुनरविचार गर्न सरकारसँग माग गरेको छ । सरकारले आगमी वैशाख १ गतेदेखि लागु हुने गरी काठमाडौं उपत्यकामा प्लाष्टिक झोला प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।
उक्त निर्णयले अर्थतन्त्रमै असर पर्ने भन्दै त्यसलाई पुनरविचार गर्न महासंघले आग्रह गरेको हो । महासंघले विज्ञप्ती जारी गर्दै प्लाष्टिक झोलाको प्रतिबन्धको प्रभावका बारेमा समेत गम्भिर समिक्षा गर्न आग्रह गरेको छ ।
‘कानूनी इजाजत लिई संचालनमा रहेका उद्योगले उत्पादन गरेका पोलिथिनका झोलाको विक्री वितरण र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाउने नेपाल सरकारको निर्णका सम्बन्धमा महासंघको ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा भनिएको छ, ‘यस्ता निर्णयले हजारौ मजदुरलाई विचल्ली बनाउने तथा सरकारको करोडौंको राजस्व गुम्नुका साथै प्लाष्टिक उद्योगमा लगानी गर्ने बैंकहरुको लगानीमा समेत गम्भीर असर पर्ने भएकाले यस सम्बन्धी पुर्नविचार गर्न आग्रह गर्दछौं ।’
वातावरणको संरक्षणप्रति प्लाष्टिक उद्यमीहरु सहित सिंगो निजी क्षेत्र पूर्ण सचेत रहेको महासंघले जनाएको छ  । पोलिथिन झोलाको प्रयोग समस्या नभै यसको व्यवस्थापन मुख्य समस्या रहेको महासंघको धारणा छ । ‘सरकारको उक्त निर्णयमा पुनरविचारका लागि आग्रह गर्दै प्लाष्टिकको उचित व्यवस्थापनका लागि सरकारसंग जोडदार माग गर्दछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL