Logo

साताभर नेप्से ४ अंकले बढ्यो, ९२ करोडको कारोवार

साताभर नेप्से ४ अंकले बढ्यो, ९२ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ फागुन काठमाडौं । यो साता नेप्से परिसुचक ४ दशमलव ११ अंकले बढेको छ । साताको पहिलो दिन ९ सय ७८ दशमलव ६ अंकबाट खुलेको बजार अन्तिम दिन बुधबार ९ सय ८३ दशमलव ४९ अंकमा आएर अडिएको छ ।
साताभर नेप्सेरिसुचक तलमाथी भयो । साताको पहिलो दिन ३ दशमलव ६० अंकले आरालो लागेको नेप्से परिसुचक सोमबार ९ दशमलव १८ अंकले बढेको थियो ।

यस्तै, मंगलबार पुनः नेप्से परिसुचक ३ दशमलव ४३ अंकले ओरालो लागेर सय ८१ दशमलव ४२ अंकमा झरेको थियो । तर, साताको अन्तिम दिन बुधबार २ दशमलव ०७ अंकले बढेर नेप्से परिसुचक ९ सय ८३ दशमलव ४९ अंकमा पुगेर अडिएको हो ।

यो साता कारोवार रकममा उल्लेख्य बृद्धि हुन सकेन । साताभर कुल ९२ करोड रुपैयाँबरावरको कारोवार भएको छ । यो साता ४ दिनमात्र बजारमा खुलेकाले पनि कुल कारोवार रकम कम भएको हो ।

बजारमा साताको अन्तिम दिन अर्थात बुधबार सवैभन्दा बढी रकमको सेयर कारोवार भएको थियो । बुधबार २५ करोड ८५ लाख रुपैयाँ बरावरको ६ लाख ७ हजार कित्ता सेयर कारोवार भएको थियो । अन्य दिन २० देखि २३ करोड रुपैयाँको हाराहारीमा कारोवार भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL