Logo

प्रधानमन्त्री ओली राजकीय भ्रमणमा, आइतबार स्वदेश फर्किने

प्रधानमन्त्री ओली राजकीय भ्रमणमा, आइतबार स्वदेश फर्किने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा प्रस्थान गरेका छन । उनि प्रधानमन्त्री पदमा निर्वाचित भएको ५० दिनपछि पहिलो विदेश भ्रमणमा निस्केका हुन ।
५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे भारतका लागि प्रश्थान गरेका छन । उनि ३ दिनको भारत भ्रमणपछि आइतबार स्वदेस फर्किने तालिका रहेको छ ।
उनलाई बिदाइ गर्नका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट लगायत विभिन्न मन्त्रालयका सचिवहरु पुगेका थिए ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी छन ।
त्यस्तै, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपालका सञ्चारकर्मीको समेत भ्रमण दलमा सहभागिता रहेको छ । भ्रमण दलमा कलाकार राजेश हमाल र निर्देशक दिनेश डिसी पनि सामेल छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL