Logo

कम्पनी रजिष्ट्रारको पहिलो शाखा विराटनगरमा, पाँचै विकास क्षेत्रमा शाखा खोल्ने तयारी

कम्पनी रजिष्ट्रारको पहिलो शाखा विराटनगरमा, पाँचै विकास क्षेत्रमा शाखा खोल्ने तयारी


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता, काठमाडौं ।  कम्पनी रजिष्ट्रारको कार्यालयको आफ्नो पहिलो शाखा विराटनगरमा स्थापना भएको छ । विराटनगर र आसपासका उद्योगी व्यवसायीलाई सहजता दिलाउन कार्यालयले त्यहाँ शाखा स्थापना गरेको हो ।  गत बिहीवार आयोजित एक कार्यक्रमबीच उद्योग मन्त्री महेश बस्नतेले उक्त शाखाको उद्घाटन गरे ।

सरकारले सेवा तथा कामकारबाहीलाई बिकेन्द्रिकरण गर्दै लैजाने क्रममा विराटनगरमा कम्पनी रजिष्ट्रारको शाखा खोलिएको मन्त्री बस्नेतले बताए । यसबाट स्थानीय उद्योगी व्यवसायी लाभान्वित हुने उनको भनाई छ ।

कार्यालयका रजिष्ट्रार शंकर अर्यालले कार्यालयका शाखा पाँचै विकास क्षेत्रमा पुर्याउने क्रममा विराटनगरमा पहिलो शाखा खोलेको बताए । ‘हाल केन्द्रमा मात्रै रहेको कार्यालयलाई आगामी दिनमा पाँचै विकास क्षेत्रमा स्थापना गरिने छ’ उनले भने – ‘यसले गर्दा मोफसलका उद्योगी व्यवसायीलाई सहजता दिलाउने छ ।’ कार्यालयको शाखाबाट कम्पनी दर्ता, नवीकरण र राफसाफ गर्न काठमाडौं नै आउनुपर्ने बाध्यतालाई हटाउने छ ।

कार्यालयको क्षेत्रीय शाखा स्थापनाको लागि करिब दुई वर्र्षअघि नै सम्भाव्य अध्ययनका गरेको थियो । अध्ययनले तत्काललाई ‘सेवा प्रवाह एकाइ’ र दीर्घकालीन रुपमा शाखा स्थापना गर्न सुझाव दिएको थियो । सोही अध्ययन प्रतिवदेनमा आधारित रहेर विराटनगरमा पहिलो क्षेत्रीय शाखा स्थापना गरिएको कार्यालयले जनाएको छ । अब क्रमशः वीरगन्ज, भैरहवा र नेपालगन्ज, धनगढी र पोखरामा पनि शाखा खोलिने अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL