Logo

कामपा प्रमुख विद्यासुन्दर शाक्यमाथि दुर्व्यवहार

कामपा प्रमुख विद्यासुन्दर शाक्यमाथि दुर्व्यवहार


बिजखबर संवाददाता
729
Shares

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यमाथि नेपाली काँग्रेसका कार्यकर्ताले दुव्र्यवहार गरेका छन् ।

लगनटोलमा रहेको मतदान केन्द्रमा रहेका बेला काँग्रेस नेता ध्यानगोविन्द रञ्जितका छोरा युरिकले उनलाई दुव्र्यवहार गरेका हुन् । महानगर प्रमुख मतदान केन्द्रमा आउन पाइँदैन भन्दै अपशब्द बोली दुव्र्यवहार गरेको उनले जानकारी दिए ।

प्रहरीले प्रमुख शाक्यमाथि दुव्र्यवहार गर्नेलाई नियन्त्रणमा लिएको छ । उक्त मतदान केन्द्र प्रमुख शाक्यको निवास नजिकै रहेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्
MBL