Logo

कोरोना संक्रमण देखिए पछि काठमाडौं मेडिकल कलेज पूर्णरुपमा बन्द

कोरोना संक्रमण देखिए पछि काठमाडौं मेडिकल कलेज पूर्णरुपमा बन्द



काठमाडौं । ४ जना कोरोना संक्रमित देखिए पछि अर्को सुचना नआएसम्मका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज बन्द गरिएको छ ।

अस्पतलले बुधबार एक विज्ञप्ती जारी गर्दै आकस्मिकलगायत सबै सेवा बन्द गरिएको हो । स्वास्थ्य मन्त्रालयले मंगलबार सिनामंगल स्थित शिक्षण अस्पतालका ४ जना कोरोना संक्रमित भएको पुष्टि गरेको थियो ।

अस्पतालले जारी गरेको सूचनामा २ जना स्वासथ्यकर्मी र २ जना बिरामीमा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको हो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL