Logo

विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ


बिजखबर संवाददाता
27
Shares

धादिङ । विस्पोटक पदार्थ सहित दुई भारतीय नागरिक पक्राउन परेका छन् । काँकडभिट्टाबाट काठमाडाँै आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक पदार्थ सामग्रीसहित पक्राउ गरेको हो ।

धुनीबँेसी नगरपालिकास्थिगत त्रिभुवन राजपथको खानीखोलामा गाडी चेकजाँचको क्रममा ना ७ ख ४९७६ नम्बरको बसमा सवार भारत आसामका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहमद फरमान अलीलाई विष्फोटक सामग्रीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।

बस चेकजाँचको क्रममा एउटा प्रेसरकुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थ भेटिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL