Logo

तारा एयरको जहाज हुम्लामा दुर्घटना, पाइलट सहित पाँच घाईते

तारा एयरको जहाज हुम्लामा दुर्घटना, पाइलट सहित पाँच घाईते


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा परेको छ । हुम्लाको सिमिकोट विमानस्थलको रनवेमा चिप्लिदाँ तारा एयरको ९ एनएबिएम कलसाईन ट्वीनअटर विमान दुर्घटनामा परेको हो ।

विमानले १७ यात्रु लिएर नेपालगन्ज उडान भर्ने क्रममा दुर्घटनामा परेको हो । विमान टेकअफ लिनेवेलामा टायर पंचर भएपछि दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

सो दुर्घटनानमा ५ जना घाइते भएका छन् । जघाइते हुनेमा पाइलटद्वय बसन्त लामा र अनुप गुरूङ रहेका छन् । यसैगरी अन्य तीन जना यात्रुमा रहेको छन् । घाइतेको अवस्था हेरी सुर्खेत या नेपालगञ्ज लैजाने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।

विमानमा सवार अन्य १३ यात्रु भने सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL