Logo

​नेप्से ३ अंकले घट्यो, ३२ करोडको कारोवार

​नेप्से ३ अंकले घट्यो, ३२ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० माघ,काठमाडौं । मंगलवार नेप्से परिसुचक ३ दशमलव २१ अंकले घटेको छ । तीन दिनदेखि लगातार बढेको नेप्से ९ सय ८७ विन्दुमा पुगेको हो ।  मंगलवार बैंकिङ,वाणिज्य बैंक,जलविद्युत तथा बीमाको परिसुचक ओरालो लागेको छ ।

बैंकिङ समुहको परिसुचक ५ दशमलव ९४ अंकले घटेको छ । त्यस्तै वाणिज्य बैंकको २ दशमलव ८२, जलविद्युतको १२दशमलव ९ र बीमा समूहको १६ दशमलव ४५ अंकले घटेको छ ।
यता होटल,फाइनान्स, उत्पादन तथा अन्य समूहको नेप्से परिसुचक भने बढेको छ ।

होटलको १० दशमलव ७१,फाइनान्सको १ दशमलव २१,उत्पादन समुहको २० दशमलव २१ र अन्यसमूहको ७ दशमलव ० ४ अंकले बढेको छ । मंगलवार १ सय ३८ कम्पनीको  शेयर किनबेचबाट जम्मा ३२  करोड ९३ लाखको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL