Logo

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ, दैनिक १२ वटा जारी, कर्मचारीकै मिलेमत्तो

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ, दैनिक १२ वटा जारी, कर्मचारीकै मिलेमत्तो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ माघ, काठमाडौं । उपत्यका ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारीचालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले हालसम्म नक्कली लाइसेन्स बनाउने २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका २ जनाको वयानको आधारमा ४ जनाले झण्डै ६ वर्षदेखि नक्कली लाइसेन्स बनाउने गरेको खुलेको प्रहरी नायव महानिरिक्षक केशव अधिकारीले बताए ।

नक्कली लाइसेन्स बनाउनका लागि सम्बन्धित यातायात कार्यालयकै कर्मचारीको मिलेमत्तो हुने गरेको समेत उनीहरुको वयानबाट खुलेको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । कार्ड र स्टीकर कृष्णमुरारी भन्ने व्यक्तिले ल्याउने गरेको र छाप लगाउनका लागि सम्बन्धित यातायात कार्यालयमा जाने गरेको अभियुक्तहरुले बताएका छन् । ‘हामी कृष्णमुरारी भन्ने व्यक्तिको खोजीमा छौं,’ अधिकारीले भने, ‘उक्त व्यक्तिलाई समाउने व्यक्तिकै यातायात व्यवस्था विभागका क–कस्तो संलग्नता रहेक छ ती सवै खुल्नेछ ।’

licence-feck

उनीहरुले मृतक व्यक्तिको नाममा रहेको र खारेजीमा परेका लाइसेन्स नम्बर प्रयोग गरी नक्कली चालक अनुमतिपत्र बनाउने गरेका प्रहरीको भनाइ छ । कतिपय जारी भएका लाइसेन्सलाई यातायात कार्यालयका कर्मचारीको मिलेमत्तोमा नाम तथा जन्म मिति परिवर्तन गरेर अर्केको नाममा बनाइदिने गरेको समेत भेटिएको छ ।

प्रहरीले अभियुक्तको साथबाट लाइसेन्स प्रिन्ट गर्ने मेसिन १ थान, लाइसेन्स बनाउने खाली कार्ड ५२ थानm छाप, दस्तखत र फोटो भएको ३५ थान लाइसेन्स, बिवरण भरिएको ११ थान कार्ड, ३१ जनाको नागरिकता, लाइसेन्स र बायोडाटा फेला पारेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL