Logo

नेपालमै खुल्यो इटालीको भिसा आवेदन केन्द्र, बिहान ८ बजेदेखि खुल्ने

नेपालमै खुल्यो इटालीको भिसा आवेदन केन्द्र, बिहान ८ बजेदेखि खुल्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
७ माघ, काठमाडौं । इटालीले नेपालमा भिसा आवेदन केन्द्र स्थापना गरेको  छ । इटालीको कलकत्तास्थित महावाणिज्य दूताबासले आफ्नो आउसोर्सिङ एजेन्सी भीएफएसका साथ काठमाडौंमा सो केन्द्र स्थापना गरेको हो ।

laxmi

केन्द्रको बुधवार एक कार्यक्रमबीच इटालीका महावाणिज्यदुत सिजर बेइलर र भीएफएसका प्रमुख अतुल मरवाहले  संयुक्त रुपमा उद्दघाटन गरे । सो केन्द्रबाट  आवेदकले इटाली तथा युरोप भ्रमणका लागि अनुमति लिन सक्छन् । इटाली जान चाहने तथा  इटाली हुँदै अन्य देश जान चाहनेहरुले सो केन्दमार्फत आवेदन दिन सक्नेछन् । 

सो केन्द्रले नेपालमा रहेका अन्य ट्राभल एजेन्सीको भीसा पत्र समेत स्वीकार गर्नेछ । तर प्राप्त सबै  आवेदन भने कोलकत्तास्थित महावाणिज्य दुतावासले पुनः मूल्यांकन गर्ने तथा भिसाको प्रक्रिया अगाडी बढाउने बताएइएको छ । आवेदकहरुको सेवालाई मध्यनजर गर्दै दैनिक ८ घण्टासम्म सेवा दिइने जानकारी दिएको छ । भीएफएस ग्लोवलले २००४ देखि सेवा प्रदान गर्दै आएकोमा हाल २५ देशमा ४६ भिसा एप्लिकेशन सेन्टर स्थापना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL