Logo

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो,चाँदीमा पनि २० रुपैयाँ बृद्धि

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो,चाँदीमा पनि २० रुपैयाँ बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ माघ, काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य प्रतितोला ५४ हजार ४ सय तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलवार सुन ५३ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । मंगलवार  ७ सय ३५ रुपैयाँमा किनबेच भएको चाँदी बुधवार ७ सय ५५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL