Logo

आरजुका भाइ भूषणको घरमा सीआईबीको छापा

आरजुका भाइ भूषणको घरमा सीआईबीको छापा



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको भाइ भूषण राणाको घरमा रेड हानेको छ । आइतबार साँझ सीआईबीबाट खटिएको टोलीले जावलाखेलमा रहेको राणाको घरमा खानतलासी गरेको हो ।

सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीले जिम्मेवारी थालेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा नयाँ शीराबाट अनुसन्धान थालिएको चर्चा छ । आरजु मन्त्री हुँदा कतिपय डिलमा भाइ भूषणलाई संलग्न गराएकोको सूचनाको आधारमा आज सीआईबीको टोलीले उनको घरमा छापा हानेको हो ।

जेन-जी आन्दोलनकारीको आगजनी र तोडफोडपछि घरवारविहीन भएका देउवा दम्पत्ति उनै भूषणको घरमा बस्ने चर्चा थियो । तर, सुरक्षाको दृष्टिकोणले उनीहरु जावालाखेलमा नबसेर झम्सिखेलमा बसेको बताईन्छ । योबीचमा देउवा दम्पत्तिले तत्कालै थाइल्याण्ड जानेगरि नयाँ पासपोर्ट लिएको तथ्य बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This