Logo

हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौं, देश हामीले नै बनाउँछौं : पूर्वप्रधानमन्त्री ओली

हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौं, देश हामीले नै बनाउँछौं : पूर्वप्रधानमन्त्री ओली



काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरू विदेश नभाग्ने बताएका छन्। पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय युवा स‌ंघले आज भक्तपुरको गुन्डुमा आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उनले सरकारले नेताहरूको पासपोर्ट रोक्का गरेको हल्ला सुनेको भन्दै अहिलेको सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने टिप्पणी गरेका हुन्।

उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस् । अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ। हामी सबै पारदर्शी ढङ्गबाट गर्छौँ।’

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरे। उनले थपे, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ ? यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेका छौँ ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’

ओलीले आफ्नै नेतृत्वको दलले देश बनाउने र संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउने समेत जिकिर गरे । ‘हामीले यो देश बनाउनुपर्नेछ, फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूल धारमा ल्याउँछौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This