काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकावासीका लागि नयाँ अनुरोध जारी गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक सूचना जारी गरी राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन आग्रह गरेको छ ।
त्यस्तै प्रहरीले ध्वनि, धुवाँ र फोहर प्रदशुषणमुक्त छिमेकी अभियानको थालनी गर्न भन्दै जारी गरेको सूचनामा बिहान नृत्य कर्म गर्दा अनावश्यक खोक्ने–खकार्ने काम नगर्न आग्रह गरेको छ ।
