Logo

उच्चतम विन्दुबाट झर्यो सुनको मूल्य, चाँदीको मूल्य भने उकालो

उच्चतम विन्दुबाट झर्यो सुनको मूल्य, चाँदीको मूल्य भने उकालो



काठमाडौं । नेपाली बजारमा गत शुक्रबारसम्म हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ‘आइतबार’ भने ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मुल्य भने प्रतितोला ५ रुपैयाँले उकालो लाग्दै २३ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्