Logo

प्रतितोला १९ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला १९ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै २२ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला २२ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्