काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर २२ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला २२ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।