Logo

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, लेखा समितिमा सरकारका सबै सचिवहरुसँग छलफल गरिने

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, लेखा समितिमा सरकारका सबै सचिवहरुसँग छलफल गरिने



काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

दिनको १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना ( आ.व. २०८२/८३ २०८६/८७) को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल सम्बन्धमा गरिने कार्यसूची छ ।

बिहान १० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल गरिने छ । यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिने कार्यसूची रहेको छ ।

सार्वजनिक लेखा समितिको ४७औं बैठक बिहान ११ बजे बस्दैछ छ भने बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरुसँग छलफल गरिने छ । बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको ९९ औँ बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस्