Logo

लगातार घट्दै सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?

लगातार घट्दै सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा पछिल्लो समय लगातार सुनको मूल्य घटिरहेको छ । गत हप्ता प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता भने लगातार प्रत्येकदिन घटिरहेको देख्न सकिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आईतबार पनि गत शुक्रबारको तुलनामा सुनको मूल्यमा प्रतितोला १ हजार १ सय रुपैयाँको गिरावट आएको छ ।

महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले घटेर २२ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार प्रतितोला २२ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै २३ सय ४० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्