काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै २३ सय ३५ रुपैयाँमा झरेको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।