Logo

रेमिट्यान्स आप्रवाह बढेको बढ्यै, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब रेमिट्यान्स

रेमिट्यान्स आप्रवाह बढेको बढ्यै, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब रेमिट्यान्स



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबर भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको ११ महिनाको वित्तिय अवस्थाबारेको प्रतिवेदनअनुसार गत वर्षको तुलनमा १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । २०८२ जेठ महिनाको विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रहेको थियो ।

११ महिना अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । ११ महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४,५२,३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,०८,०६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,२१,३५६ र २,६१,२१० रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्