Logo

‘कुलिङ पिरियड’ मा भएको चलखेल छानबिन गर्न बन्यो विशेष समिति, २१ दिनको समय

‘कुलिङ पिरियड’ मा भएको चलखेल छानबिन गर्न बन्यो विशेष समिति, २१ दिनको समय



काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा भएको चलखेलबारे संसदीय छानबिन समितिका लागि सबै सांसदको नाम टुंगिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सातै सांसदको नाम टुंगिएको हो ।

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य र ईश्वरी घर्ती रहने छन् । यस्तै, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रोशन कार्की रहने छन् । सभामुख देवराज घिमिरेले सोमबार प्रतिनिभिसभाको बैठकमा समिति गठनको प्रस्ताव गरेका हुन् । समितिलाई २१ दिनको समय दिइएको छ ।

आज सभामुख देवराज घिमिरेसँगको छलफल दलहरुले आ–आफ्नो पार्टीबाट सदस्यहरुको नामावली दिएका थिए । सभामुख घिमिरेले आजको प्रतिनिधि सभा आजको बैठकमा ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’मा रहने सदस्यहरुको नाम औपचारिक रुपमा जानकारी दिनेछन् ।

राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको तर प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ पिरियड निष्प्रभावी हुने प्रावधान थपिएको भन्दै विरोध भएको थियो ।

राज्यव्यवस्था समितिका सदस्य र राजनीतिक दलका अन्य नेताहरुले समेत विधेयक हेरफेर गर्ने कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेका थिए । सोही अनुसार गठन गरिएको छानबिन विशेष समितिलाई विधेयकमा हेरफेर गर्नेलाई कारबाही सिफारिस गर्ने र यस्ता घटना भविष्यमा दोहोरिन नदिने उपायबारे समेत सुझाव दिनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय निजामती सेवासम्बन्धी विद्येकमा राखिएका कुलिङ पिरियडको छलछामबारे छानबिनको लागि बनाईने समितको नेतृत्व कांग्रेसलाई दिन नहुने भनेको छ । यसअघि छानबिन समितिको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको कुरा बाहिर आएको थियो । तर, रास्वपाले भने यो नमान्ने भनेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राखेको आजको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसले छानबिन समितिको नेतृत्व गर्न नहुने मत राखेका छन् । उनले राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्