Logo

सेबोन अध्यक्ष श्रेष्ठलाई अदालतको साथ, समाचार हटाउन अन्तरिम आदेश

सेबोन अध्यक्ष श्रेष्ठलाई अदालतको साथ, समाचार हटाउन अन्तरिम आदेश



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई अदालतले कानुनी राहत प्रदान गरेको छ। उनको विरुद्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरू हटाउन अदालतले अन्तरिम आदेश जारी गरेको हो। नेपाल खबर प्रालि समेतको पक्षमा जारी भएको यो आदेशले सम्बन्धित समाचार सामग्री तत्काल हटाउन निर्देशन दिएको छ।

यो आदेशले सेबोन अध्यक्ष श्रेष्ठमाथि लागेका आरोपहरूको सन्दर्भमा कानुनी प्रक्रियालाई थप स्पष्टता प्रदान गरेकाे छ। यसअघि विभिन्न संचारमाध्यममा उर्जा प्रवद्र्धकहरुसँग आइपीओ निष्काशन अनुमतिका लागि विचौलियाले कमिशन मागेका समाचारहरु सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्