काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९० हजार रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य भने केहि उकालो लागेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर २१ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला २१ सय ५० रुपैयाँमा कारोबार भईरहेको थियो ।