काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।
जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।
मुल्य घटेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५७ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४२ भएको निगमले जनाएको छ ।
