Logo

अर्थको बेरुजु सबैभन्दा बढी, कुन मन्त्रालयको कति ?

अर्थको बेरुजु सबैभन्दा बढी, कुन मन्त्रालयको कति ?



काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा संघीय मन्त्रालयहरुमध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढी देखिएको छ । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो बैसट्ठीऔं बार्षिक प्रतिवेदन अनुसार अर्थमन्त्रालयको मात्रै बेरुजु ३३ अर्ब ७१ करोड माथि छ ।

यस अवधिमा सबै मन्त्रालयहरुको बेरुजु नै ४७ अर्ब ७४ करोड हुँदा अर्थमन्त्रालयले मात्रै झण्डै ९० प्रतिशत माथि हिस्सा ओगटेको देखिन्छ । यस्तै धेरै बेरुजु हुनेमा दोस्रो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय देखिन्छ । मन्त्रालयको बेरुजु गत आर्थिक बर्ष ६ अर्ब ४३ करोड छ ।

यसैगरी रक्षा मन्त्रालयको १ अर्ब ६७ करोड, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको १ अर्ब ५० करोड र परराष्ट्र मन्त्रालयको १ अर्ब ५ करोड रुपैयाँ छ । महालेखाले गत आवमा संघीय मन्त्रालयहरुको कुल ३१ खर्ब ६ अर्ब रुपैयाँ बराबरको लेखापरिक्षण गरेको थियो । जसमा अर्थ मन्त्रालयको मात्रै २४ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको लेखापरिक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्