काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दैछ । बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची सचिवालयले तय गरेको छ । त्यसैगरि ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा नेमकिपाका सांसद प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेश गर्ने सम्भावित कार्यसूची समेत छ ।
त्यसै गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ ।