काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढ्दै १९ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।