काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने केहि उकालो लागेको महासंघले जानकारी दिएको छ । यसअघि बिहीबार प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर प्रतितोला १९ सुय ३० रुपैयाँ कायम भएको हो ।