Logo

भारतीय नम्बर प्लेटको गाडीमार्फत तस्करी, १४ किलो चाँदीसहित ३ भारतीय पक्राउ

भारतीय नम्बर प्लेटको गाडीमार्फत तस्करी, १४ किलो चाँदीसहित ३ भारतीय पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । आइतबार ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

laxmi

पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन् ।

सीआइबीले सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामक वर्कसपभित्र राखेको अवस्थामा बीआर ०६ यू ९०५३ नम्बरको गाडी पनि बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL