काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि आवश्यक सटही सुविधा सहजी गरिदिएको छ । केन्द्रिय बैंकले आईतबार एकिकृत परिपत्र जारी गर्दै अब चाँदी आयातका लागि ५ लाख अमेरिकी डलरसम्मको सटही सुविधा पाइने व्यवस्था गरेको हो ।
यसअघि सुनचाँदी व्यवसायीहरुले गरगहना र महंगा भाँडाकुँडा निर्माणका लागि प्रतिपटक ३ लाख अमेरिकी डलरबराबरको मात्रै सटही सुविधा पाउँदै आएका थिए । अब भने राष्ट्र बैंकले उक्त ३ लाखको सीमा बढाउँदै प्रतिपटक ५ लाख डलरसम्मको सटही सुविधा पाइने व्यवस्था गरेको हो ।