Logo

सहकारीको एक अर्ब ५१ करोड ठगीमा पक्राउ परेका सीबी लामा कारागार चलान

सहकारीको एक अर्ब ५१ करोड ठगीमा पक्राउ परेका सीबी लामा कारागार चलान



काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पुर्पक्षका लागि कारागार पठाइएका छन् । कान्तिपुर सेभिङका पूर्व अध्यक्ष लामालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।

laxmi

लामा १८ जेठमा चितवनबाट पक्राउ परेका थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको थियो । कान्तिपुर सेभिङमा सर्वसाधारणले बचत गरेको एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
MBL