Logo

संसदमा अवरोधकाबीच अर्थमन्त्रीबाट आर्थिक सर्वेक्षण पेश, आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान

संसदमा अवरोधकाबीच अर्थमन्त्रीबाट आर्थिक सर्वेक्षण पेश, आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच अर्थमन्त्री वर्षमान पुन ले आर्थिक वर्ष २०८०–८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा, २०८१ संसद बैठकमा पेस गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले बेल घेराउ गरिरहेका बेला अर्थमन्त्रीले वार्षिक समीक्षा पेस गरेका हुन् ।

अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेस गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान प्रस्तुत गरेका छन् ।

त्यसअघि राप्रपाका संसद् ज्ञानेन्द्र शाहीले बोलेका थिए । शाहीले बोल्दा कांग्रेसले कुनै अवरोध गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्