Logo

नेपाल रियल स्टेट अर्गनाइजेशनले सञ्चालनमा ल्यायो मल्टी लिस्टिङ प्रणाली, घरजग्गा कारोबार थप व्यवस्थित हुने

नेपाल रियल स्टेट अर्गनाइजेशनले सञ्चालनमा ल्यायो मल्टी लिस्टिङ प्रणाली, घरजग्गा कारोबार थप व्यवस्थित हुने



काठमाडौं । घरजग्गा एजेन्ट तथा एजेन्सीहरुको छाता संगठन नेपाल रियल स्टेट अर्गनाईजेशनले सबै एजेन्टका लागि घरजग्गा कारोबारमा स्टक एक्सचेन्जकै जस्तो मल्टी लिस्टिङ प्रणाली संचालनमा ल्याएको छ । अर्गनाइजेसनले आफ्ना सदस्यहरुलाई आवद्धताको प्रमाण पत्र वितरणको कार्यक्रममा सो जानकारी दिइएको हो ।

laxmi

कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष पूर्णिमा राजभण्डारीले घर जग्गा एजेन्ट तथा एजेन्सीले इजाजत पत्र लिनुपर्ने गरी संसोधन भएको र त्यसको कार्यन्वयका लागि हाल कार्यबिधि बन्ने क्रममा रहेको साथै उक्त कर्यबिधि एजेन्ट तथा एजेन्सी मैत्री बनाउन आफु लागि परेको समेत जानकारी दिईन् । संस्थामा आवद्ध भए पश्चात सदस्यहरुले घर जग्गा सम्बन्धी आवश्यक ज्ञान र एजेन्ट तथा एजेन्सि माझ प्रभावकारी समन्वय गर्ने वातावरण बन्ने, जानकारी समेत उनले दिईन् । कार्यक्रममै मल्टी लिस्टिङ प्रणालीको थालनी गर्दै उनले भनिन्, ‘यस प्रणली मार्फत कार्य गर्दा कारोबार छिटो हुने, कानुनी झन्झट नहुने, किन्ने÷बेच्ने र एजेन्टले गलतकार्य गर्ने सम्भावना न्यून हुने, सरकारी करमा बृद्धि हुने, उपयुक्त मूल्यमा प्रोपर्टी बजारमा विक्रिमा आउनेलगायतका फाईदा हुनेछन’, समेत बताईन् । यो प्रणाली अबका दिनमा सरकारले नै लागू गर्नुपर्ने र त्यसका लागिसंस्थाले निरन्तर पैरवी गर्ने तथा सरकारले चाहे हाल संचालनमा आएको उक्त प्रणाली सरकारलाई हस्तान्तरण गर्न सकिने जानकारी दिईन् ।

उक्त कार्यक्रममा बोल्दै अर्गनाईजेशनका माहासचिव तथ प्रवक्ता विनोद सुवेदीले समग्र अर्थतन्त्र सुस्ताइरहेको बेलामा घरजग्गा व्यसायमा पनि असर परेको तर यस्तो अवस्थामा समेत एजेन्ट तथा एजेन्सीे धैर्यताका साथ कार्य गरिरहेकोमा प्रशंसा गरे । उनले नेपाल रियलस्टेट अर्गनाईजेशनले हालसम्म संस्थामा आबद्ध सदस्यहरुलाई मर्यादित बनाउन संस्थाको अचारसंहिता लागू गरिएको, घर जग्गा एजेन्ट तथा एजेन्सीहरुको लागि सर्बमान्य कमिसन दर निर्धारण गरिएको जनाए ।

‘नेपाल स्टक एक्सचेन्ज जस्तै घरजग्गा कारोबार गर्न मल्टिलिस्टङ प्रणाली विकास गरिएको छ । घर जग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सीहरुलाई करको दायरामा समेट्नेसम्बन्धी अध्ययन प्रतिवेद तयार पार्न सहयोग गरेको, पटक पटक सरकारलाई घरजग्गा एजेन्ट तथा एजेन्सीको हक हितका लागि पैरवी लगायतका कामहरु सम्पन्न भएका छन् । जसको कारणले सरकारलाई मालपोत ऐन २०३४ संसोधन गरी घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सीहरुलाई ईजाजद पत्र प्रदान गर्न प्रक्रिया अगाडि बढाउन सहयोग पुगेको छ’, उनले जानकारी दिए ।

नेपाल रियल स्टेट अर्गनाईजेशनले आगामी दिनमा रियल स्टेट डिस्कसन दोस्रो सत्र चाडै लिएर आउने, र संस्थाको थप विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरुसंग आवद्ध तथा सहकार्य गर्दै अघि बढ्ने समेत घोषणा गरिएको छ । कार्यक्रममा मन्तव्य राख्दै बृहत ग्रुपका कार्यकारी अध्यक्ष तथा नेपाल रियल स्टेट अर्गनाईजेशनका बरिष्ठ सल्लाहाकार डा. ओम राजभण्डारीले डेभलोपरले डेभलोप मात्र गर्नु पर्ने र त्यस्ता प्रोपर्टीहरु बेच्ने कार्य एजेन्ट तथा एजेन्सीले मात्र गर्ने परिपाटी बसाउनु पर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै संस्थाका अर्का सल्लाहकार प्रकाश तिवारीले नेपाल रियल स्टेट अर्गनाईजेशनले स्थानीय तहलाई जग्गा बर्गीकरण गर्न परिरहेको असहजतालाई सहज बनाउन भूमिका खेल्न सक्नेतर्फ ध्यान दिन आग्रह गरे । नेपाल रियल स्टेट अर्गनाईजेशन घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सीहरुलाई व्यवस्थित गर्न, पारदर्शी बनाउन, र अझ बढि व्यवसायिक बनाउने उद्देश्यले सन् २०१८ मा स्थापना भएको एजेन्ट तथा एजेन्सीको छाता संगठन हो ।

प्रतिक्रिया दिनुहोस्
MBL