Logo

प्रतितोला १ लाख ३० हजार पुग्यो सुनको मूल्य, एकैदिन २१ सयको वृद्धि

प्रतितोला १ लाख ३० हजार पुग्यो सुनको मूल्य, एकैदिन २१ सयको वृद्धि



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यसरी पछिल्लो १ दिनमै नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले उकालो लागेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ सय २५ रुपैयाँ पुगेको हो । यसअघि नेपाली बजारमा चाँदी बिहीबार प्रतितोला १५ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

खासगरी विश्व बजारमा सुनको अमेरिकी डलरसँग उल्टो सम्बन्ध हुन्छ । यसको मूल्य अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले ब्याजदर कटौतीको बारेमा अस्पष्टताकै बीचमा पछिल्लो तीन हप्तादेखि ब्याजदर कमजोर हुँदै गइरहेको छ । फलस्वरूप, यसले सुनलाई हालको कीर्तिमानी उच्च मूल्यको विन्दुमा पुर्याउन मद्दत गरेको देखिन्छ ।

अमेरिकी मौद्रिक नीतिप्रतिको अनुमान र फेडको न्युन ब्याजदरबाट सुनका लगानी गर्ने लगानीकर्ताहरुले फाईदा उठाईरहेका छन् । अर्थात सुनका लगानीकर्ताहरुले नै अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने अनुमान गरिरहेका छन् ।

यसअघि फेडका अध्यक्ष जेरोम पावेलले अर्थव्यवस्था अपेक्षित रूपमा चल्यो र मुद्रास्फीति शान्त रह्यो भने यस वर्ष कुनै बिन्दुमा ब्याज दर कटौती हुने सम्भावना रहेको बताएका थिए ।

शुक्रबार विश्व बजारमा सुन प्रतिऔंस २२ सय ३२ डलरको ऐतिहासिक विन्दुमा कारोबार भईरहेको छ । यो मूल्य पछिल्लो १ हप्तामै ५२ डलरले बढेको छ

प्रतिक्रिया दिनुहोस्
MBL