Logo

कीर्तिपुर स्वयंसेवक समाजले मनायो १९ औं वार्षिकोत्सव, सम्पदा यात्राको आयोजना

कीर्तिपुर स्वयंसेवक समाजले मनायो १९ औं वार्षिकोत्सव, सम्पदा यात्राको आयोजना



काठमाडां । कीर्तिपुर स्वंयसेवक समाजले चोभार गेटबाट आदिनाथसम्म सम्पदा यात्राको आयोजना गरेको छ । आदिनाथ मन्दिर रातो मछिन्द्रनाथको लागि धार्मिक रुपमा महत्वपूर्ण सम्पदा हो ।

laxmi

स्थानीय सम्पदा विज्ञ सरोज शाक्यको अगुवाईमा सोमबार भएको सम्पदा यात्राले कीर्तिपुर चोभारमा अवस्थित सम्पदाहरुको अवलोकन, सम्पदासँग सम्बन्धित विविध लोकोक्तिका बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरेको थियो ।

आदिनाथ मन्दिर परिसरमा पुगी दिप प्रज्वोलन गरी सम्पदा यात्रा समापन भएको थियो । युवाहरुमा भएको ज्ञान सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न वि।सं २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दै आइरहेको छ । समाजले यसै कार्यक्रमको आयोजना गरी स्थापनाको १९ औं वार्षिकोत्सव मनाएको छ ।

कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीले यस सम्पदा यात्रा सम्पदा जगेर्ना र विकासका लागि गरिने निरन्तर अभियानको रुप भएको बताउँदै समाजका कार्यक्रमहरुमा सहभगितकाला लागि अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्
MBL