Logo

रविलाई गृह र डिपीलाई श्रममन्त्रीबाट हटाउन भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन

रविलाई गृह र डिपीलाई श्रममन्त्रीबाट हटाउन भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्याललाई तत्काल मन्त्रालय हेरफेर गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ । युवराज सफलले आज प्रधानमन्त्री कार्यलय सिंहदरबारमा पुगेर निवेदन दिएका हुन् ।

laxmi

उनले निवेदनमा रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको निज गृहमन्त्रीमा रहँदा आफ्नो राहदानीसम्बन्धी मुद्दाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने सम्भावना देखिएको तथा सहकारी ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोले उनी गृहमन्त्री हुँदा अनुसन्धान प्रभावित र प्रमाण नष्ट गर्न सभावना देखिएको बताएका छन् ।

त्यस्तै निज रवि लामिछानेमाथि सम्पत्ति शुद्धिकरण विभागले समेत अकुत सम्पत्ति कमाएको आरोपमा आवश्यक अनुसन्धान एवम् छानविन समेत गरिरहेकोले उनी तत्काल पदमा रहिरहन नमिल्ने सफलको दाबी छ । यस्तै श्रममन्त्री डिपी अर्यालमाथि मेनपावर व्यवसायीको रुपमा कार्य गरेको र हाल पनि मेन पावर कम्पनीको जिम्मेवार पदमा रहेको हुनाले श्रममन्त्रीको जिम्मेवारीमा रहिरहन नमिल्ने दाबी निवेदक सफलको छ । सफलले उल्लेखित मन्त्रीहरुको जिम्मेवारी हेरफेर नगरेको खण्डमा यसै विषयलाई बोकेर अदालतमा प्रधानमन्त्री समेतलाई विपक्षी बनाई कानुनी उपचारमा जान सक्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL