Logo

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, एकैदिन १५ सयको वृद्धि

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, एकैदिन १५ सयको वृद्धि



काठमाडौं । पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीबार पनि उच्च रुपमा बढ्दा नयाँ मूल्य रेकर्ड कायम भएको छ । नेपाली बजारमा बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्दा प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुगेको हो । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३ रुपैयाँले बढ्दै प्रतितोला १४ सय ७० रुपैयाँ कायम भएको छ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL