Logo

अमेरिकाले सुरु गर्‍यो इरानमाथि आक्रमण, ट्रम्पले भने-अब शान्तिको समय हो

अमेरिकाले सुरु गर्‍यो इरानमाथि आक्रमण, ट्रम्पले भने-अब शान्तिको समय हो



काठमाडौं । अमेरिकाले इरानमा आक्रमण सुरु गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीन वटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्।

‘हामीले इरानका तीन आणविकस्थल–फोर्डो, नटान्ज र इस्फहानमा धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन्। मुख्यस्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई। विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन। अब शान्तिको समय हो ! यो विषयमा तपाईको ध्यानका निम्ति धन्यवाद’, ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल पोस्टमा लेखेका छन्।

इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ। यस क्रममा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भएको र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। उता इजरायलमा भने २४ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्