Logo

केन्द्रमा नयाँ सत्ता समीकरणको असर प्रदेशमा, गण्डकीमा मुख्यमन्त्री पाण्डेले गरे माओवादीका दुई मन्त्री बर्खास्त

केन्द्रमा नयाँ सत्ता समीकरणको असर प्रदेशमा, गण्डकीमा मुख्यमन्त्री पाण्डेले गरे माओवादीका दुई मन्त्री बर्खास्त



काठमाडौं । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुईजना मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।

laxmi

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा नयाँ सत्ता समीकरण बनाएपछि यसको असर प्रदेश सरकारमा पर्न शुरु भएको छ ।

केन्द्रमा नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमाले,रास्वपा र जसपालगायत दलसँगको नयाँ गठबन्धन बनाएको छ । माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण अनुसार सरकार बनाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL