Logo

तीन मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षीको अवरोध, संसद बैठक स्थगित

तीन मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षीको अवरोध, संसद बैठक स्थगित



काठमाडौं । नेकपा एमालेसहित प्रतिपक्षी दलहरुले संसदको बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।

laxmi

आजको प्रतिनिधि सभाको बैठकमा एमालेसहितका प्रतिपक्षी दलहरुले प्रतिनिधि सभा बैठकमा सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै तीनजना मन्त्रीको माग गर्दै सरकारसँग जवाफ माग्दै संसदको बैठक अवरुद्ध गरेका थिए ।

लगातारको अवरोधपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । प्रतिपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका छन् ।

बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाई सरकारबाट हटाउन उनीहरुको माग छ ।

त्यस्तै भगवान गौतम बुद्धको एक मात्र अस्तु भएको रामग्राम निजी कम्पनिलाई ९९ बर्षका लागि भाडामा दिने निर्णय पर्यटनमन्त्री किँरातीको नेतृत्वमा रहेको समितिले गरेको भन्दै राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL