Logo

भैरहवामा फागुन ४ र ५ गते राष्ट्रिय महिला उद्यमी सम्मेलन हुँदै, एफएनसिसिआइको आयोजना

भैरहवामा फागुन ४ र ५ गते राष्ट्रिय महिला उद्यमी सम्मेलन हुँदै, एफएनसिसिआइको आयोजना



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) ले मिति २०८० फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन अयोजना गर्ने तय गरेको छ । सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब २५० देखि ३०० जना महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहनेछ ।

laxmi

सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अघुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय एवं सहकार्यमा आयोजना गर्न लागिएको हो । यो सम्मेलन महासंघ ले पहिलो पल्ट आयोजना गर्न लागेको हो।

नेपालमा महिलाहरूले देशको अर्थतन्त्रमा लामो समय देखि सक्रिय रूपमा भाग लिरहेकाछन्, तर महिला उद्यमीहरुको योगदान को प्रायः कम मूल्याङ्कन गरिएको छ। श्रमशक्तिमा महिला सहभागिता १ प्रतिशतले मात्रै बढ्न गएमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा ०.३ प्रतिशतले वृद्धि गर्न सकिन्छ । महिला उद्यमीहरूको सशक्तिकरणले रोजगारी सृजना गर्दछ, वित्त पहुँचमा सुधार देखिनेछ र नवप्रवर्तन बढ्ने छ ।

महिला उद्यमीहरुको विकास, विस्तार एवं प्रवद्र्धनका साथै महिला सशक्तिकरणम सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वित्तिय पहुंच, बजार पहुंच, पर्यटनका सम्भावना र चुनौति, युवा महिला/स्टार्टअपका लागि गरिएका पहल साथै भएका व्यवस्था लगायतका विषयमा विषय विज्ञहरुसंग छुट्टाछुट्टै (प्यानल डिस्कसन) छलफल गरिनेछ । दुई दिने सम्मेलनको निष्कर्ष सम्बन्धित निकायमा बुझाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL