Logo

कच्चा तेलको भाउमा कीर्तिमानी गिरावट, नेपालमा आजदेखि पेट्रोल र डिजेल घटेको मूल्यमा पाइने

कच्चा तेलको भाउमा कीर्तिमानी गिरावट, नेपालमा आजदेखि पेट्रोल र डिजेल घटेको मूल्यमा पाइने



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएको छ । कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ७५ डलरमा झरेको छ ।

laxmi

आज अर्थात मंगलबार डब्ल्यूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल ७२.२४ डलरको दरमा कारोबार भइरहेको छ । जहाँ बेन्चमार्क ब्रेन्ट क्रुड प्रति ब्यारेल ७७.९७ डलरको स्तरमा कारोबार भइरहेको छ ।

अक्टोबरमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ९० डलर पुगेको थियो । विश्लेषकहरूले नयाँ भू–राजनीतिक संकटले कच्चा तेलको मूल्य बढन सक्ने आँकलन गरेपनि मूल्य भने ओरालो लागिरहेको छ ।

यसैबीच नेपालमा आजदेखि नेपाल आयल निगमले पेट्रोल, मट्टीतेल र डिजेलको नयाँ मूल्य सार्वजनिक गरेको छ । नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले मंगलबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । भारतीय आयल निगमले मूल्य घटाएर पठाएकाले नेपालमा पनि घटाइएको निगमले जनाएको छ । निगमले भारतीय बजारबाट मूल्य घटबढ भएर आएपछि सोहीअनुसार स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ । निगमले ग्यास र हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL