Logo

मलेसियाले मुद्रास्फीतिको लडाईमा १६ अर्ब डलर खर्च गर्ने, १० अर्ब डलर उपभोग्य अनुदानमा खर्चिने

मलेसियाले मुद्रास्फीतिको लडाईमा १६ अर्ब डलर खर्च गर्ने, १० अर्ब डलर उपभोग्य अनुदानमा खर्चिने



काठमाडौं । मलेसियाले यस वर्ष ७७.३ बिलियन रिङ्गिट (१७.६ डलर बिलियन) अनुदान र नगद सहायता खर्च गर्ने अपेक्षा गरिएको छ । जुन इतिहासमा सबैभन्दा ठूलो रकम हो । बढ्दो मूल्यको प्रभावलाई कम गर्न मद्दत गर्न यो रकम खर्च गर्न लागेको मलेसियाका अर्थमन्त्रीले बताएका छन् ।

laxmi

आपूर्ति श्रृंखला अवरोध, श्रमिक अभाव र युक्रेनमा युद्धको प्रभावका कारण हालैका महिनाहरूमा मलेशियामा सामानको मूल्य उकालो लागेको छ। खाद्य मुद्रास्फीति एक वर्ष अघिको मे महिनाको तुलनामा ५.२ प्रतिशत बढेको छ । जुन नोभेम्बर २०११ पछिको उच्च हो, सरकारी तथ्यांकले यस हप्ता देखाएको छ।

‘मलेसियाले इन्धन, बिजुली र खाद्यान्नलगायतका उपभोग्य अनुदानमा ५१ अर्ब रिङ्गिट खर्च गर्ने प्रक्षेपण गरिएको छ, जुन वस्तुको बजार मूल्य हालको स्तरमा रहेको मानिन्छ,’ अर्थमन्त्री टेङ्कु जाफ्रुल अजिजले एक विज्ञप्तिमा भनेका छन् ।

सरकारले नगद सहायतामा ११.७ अर्ब रिङ्गिट र अन्य अनुदानमा १४.६ अर्ब रिङ्गिट वितरण गर्ने उनले बताए । मलेसियाले घरपरिवारहरूलाई बढ्दो खाद्यान्न र जीवनयापन लागतहरूको सामना गर्न मद्दत गर्न यस महिना लगभग ४ सय मिलियन वितरण गर्ने बताएको छ ।

मलेसियाले यस महिनाको सुरुमा बढ्दो वस्तुको मूल्यबाट सरकारी राजस्वमा भएको वृद्धि यस वर्ष सब्सिडी वितरणमा अपर्याप्त रहेको बताएको थियो। रोयटर्सबाट

प्रतिक्रिया दिनुहोस्
MBL