Logo

टी-२० विश्वकप एशिया क्षेत्रको छनौट : सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

टी-२० विश्वकप एशिया क्षेत्रको छनौट : सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य



काठमाडौँ । सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । आजदेखि शुरु भएको टी(२० विश्वकप एशिया क्षेत्रको छनौट अन्तर्गतको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो ।

laxmi

टस जितेर पहिला ब्याटिंग गर्दै सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाएको हो । सिंगापुरका लागि रोहन रंगराजनले सर्बाधिक ४६ रन बनाए भने मनप्रित सिंहले २४, आर्यावीर चौधरीले ३७ रन अक्षय पुरीले १३ बनाएका थिए । सिंगापुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसैगरी नेपाली बलर अविनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र करण केसीले २(२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL