Logo

आज देखि नयाँ भाडादर लागु, साढे २ प्रतिशतसम्म भाडा घट्यो

आज देखि नयाँ भाडादर लागु, साढे २ प्रतिशतसम्म भाडा घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ पुस, काठमाडौं । सरकारले आजदेखि सवारीसाधनको घटेको नयाँ भाडादर लागू गरेको छ । निरन्तर पेट्रोलियम पदार्थको मुल्य घटेपछि सरकारले सवारीसाधनको भाडादर पनि घटाएको हो ।

हाल सर्वाजनिक यात्रुवाहक सवारीसाधनको भाडादरमा १ प्रतिशत घटाइएको छ भने मालवाहक सवारीसाधनको भाडादरमा भने २ दशमलव ७३ प्रतिशतसम्म घटाइएको यातायात व्यवस्था विभागका प्रवक्ता मुक्ति केसीले बताए । ‘विभागले केही  समयअघि भाडा बढाउन गरेको प्रस्ताव कार्यान्यनम नआएकाले अहिले कम भाडा बढेको देखिएको हो,’ उनले भने, ‘यदि विभागले भाडा बृद्धिका लागि गरेको प्रस्तावलाई पनि आधार मान्ने हो भने यो भाडादर ८ प्रतिशतभन्दा बढीले घट्ने छ ।’ विभागले असोजमा सवारीसाधनको भाडा ५ दशमलव ७३ प्रतिशतले बढाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा प्रस्ताव पेश गरेको थियो ।

सरकारले २०६९ साल फागुन २५ गते सवारीसाधनको भाडा बृद्धि गरेको थियो । त्यतिवेला भाडा बृद्धि गर्दा डिजेलको मुल्य प्रतिलिटर ९९ सय रुपैयाँ थियो । तर, अहिले डिजेलको मुल्य घटेर प्रतिलिटर ९२ रुपैयाँमा आइपुगेको छ ।

सरकारले घटाएको भडादरले यात्रुहरुलाई भने खासै फाइदा पुग्ने छैन । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाको भाडादर घटेको छैन भने लामोदुरीमा पनि अघिकतम २० रुपैयाँ मात्र घट्नेछ । तर, मालवाहक सवारीसाधनको भाडामा भने उच्च रुपमा घट्ने विभागले बताएको छ । ‘हाल लामोदुरीका सवारीसानको भाडादर ५० हजार रुपैयाँसम्म छ,’ केसीले भने, ‘त्समा साढे २ प्रतिशत घट्दा समग्रमा १ हजार ३ सय रुपैयाँसम्म घट्न आउँछ ।

नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा शुन्यदेखि ४ किलोमिटरसम्म १५ रुपैयाँ, ५ किमीसम्म १६, ६ किमीसम्म १८, ८ किमीसम्म १९ रुपैयाँ तथा १० किमीसम्म २१ रुपैयाँ भाडा निर्धारण गरिएको छ । यसैगरी १५ किमिसम्म २२, १६ किमीसम्म २५, १९ किमीसम्म २६ तथा १९ किमीभन्दा माथि २७ रुपैयाँ भाडा तोकिएको छ ।

बैज्ञानिक पद्दति अनुसार सवारीसाधनको भाडा बृद्धि गर्दा तथा घटाउँदा पेट्रोलियम पदार्थको हिस्सा ३५ प्रतिशतमात्र हुने भएकाले ठूलो असर नपरेको केसी बताउँछन् । तर, यातायात व्यवसायीले भने पेट्रोलियम पदार्थको मुल्य बढ्दा उच्च रुपमा भाडा बढाउन माग गर्ने गरेका छन् भने विभागले पनि सोही अनुसार मन्त्रालयमा भाडा बृद्धिको फाइल पेश गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This